Monday, December 15, 2014

Rakshi The Way of Life


यो रक्सी त पानी भएछ

पिउँदा पिउँदै यो बानी भएछ

उमङ्गमा तरङ्गमा

हिँड्दा हिँड्दै निशानी भएछ



दुखमा पिएँ, सुखमा पिएँ

जीन्दगीको हर प्रहरमा पिएँ

समयको बयान गर्ने

एउटा मीठो कहानी भएछ



छोडिगए आफन्तले तोडि सब नाताहरु

पुगेको छु श्मशानमा मोडिएर बाटाहरु

त्यो मृत्युलाई जितेर जीउने

कलकलाउँदो जवानी भएछ



यो रक्सी त पानी भएछ

पिउँदा पिउँदै यो बानी भएछ

उमङ्गमा तरङ्गमा

हिँड्दा हिँड्दै निशानी भएछ

No comments:

Post a Comment